महिनावारी भएको बेला सरसफाइमा विशेष जोड किन ?

महिनावारी भएको बेला सरसफाइमा विशेष जोड किन ?

महिनावारी हुँदा अरुबेला भन्दा बढी छुनु पर्ने (माया गर्नुपर्ने), आराम गर्नुपर्ने, खाना पकाउने लगाएत घरभित्रको हलुका काम चाहिँ गर्नुपर्र्नेे), सरसफाई गर्नु पर्ने, परिवारसंगै बस्नुपर्र्नेमा हाम्रो 
समाजमा यसको ठीक विपरित अवस्था अभैm पनि कायमै छ । यी कुराहरू मध्ये सरसफाइको बारेमा यस पटक केहि जानाकारीहरू खोतलौं । महिनावारी हुँदा योनीबाट ‘फोहर रगत’ आउँछ भन्ने गलत मान्यता समाजमा रहिरहेको हुनाले खाने, बस्ने र लोग्नेमानिसले छुन सक्ने ठाउँबाट टाढा राखिएको हुनसक्ने कुरा बताउँछन् स्वास्थ्यकर्मीहरू । स्वास्थ्य शिक्षाको दृष्टिकोणले मात्रै पनि महिनावारी हुँदा महिलाहरूमाथि हुने यस्ता असंख्य दुव्र्यवहारहरूमा परिवर्तन गर्न सकियो भने उनीहरूको प्रजनन् जीवन चक्रमा ठूलो सुधार ल्याउन सकिन्छ । कसरी गर्ने सरसफाई ?

सरसफाईको कमीले महिनावारी भएको बेला प्रजनन् अङ्गमा सङ्क्रमण हुने संभावना प्रवल हुन्छ । साबुनको प्रयोग गरी प्रत्येक दिन नुहाउने र योनीलाई राम्रोसंग मनतातो पानीेले पखाल्ने गर्नाले संक्रमणबाट धेरैहद सम्म बच्न सकिन्छ । महिनावारी हुँदा बग्ने रगत सोस्नलाई स्यानिटेरी प्याड वा घरमै बनाइएकोे सफा र नरम सुतिका कपडाको प्याड योनीमा राख्नुपर्छ । एक दिनमा कम्तिमा एकपटक नयाँ प्याड फेर्नुपर्छ । घरमा बनाउने प्याड सुतीको बाहेक अरु कपडा भएमा त्यसले योनीबाट बग्ने रगतलाई राम्रोसंग सोस्न सक्दैन र गन्हाउन पनि सक्छ । प्याड बनाउने कपडासकेसम्म सेतो वा फिका रङको प्रयोग गर्नुपर्छ । यसको प्रयोगले फोहर भएको या न भएको थाहापाउन सकिन्छ । पुरानो प्याडलाई साबुन पानीले धोएर घाममा पर्याप्त मात्रामा सुकाए पछि मात्रै फेरि प्रयोग गर्नुपर्छ । त्यसो गर्दा योनीमा संक्रमण गराउने जीवाणु नष्ट हुन्छ । दुबै तिघ्राको काछमा रगतले नभिज्नेगरी प्याड लगाउनु पर्छ, अन्यथा काछ लागेर त्यहाँको छाला पाच्छिन सक्छ । संभव भएमा पाउडर लगाउदा राम्रो हुन्छ । कब्जियत भएको बेलामा महिनावारी हुँदा असजिलोपनको अनुभुती बढ्छ । त्यसतो बेलामा प्रशस्त मात्रामा हरियो सागपात तथा फलफूल खाएमा कब्जियतलाई कम गर्न मद्दत मिल्छ । महिनावारीभएको बेला पोषिलो खानेकुरा खानुपर्ने हुँदा यो राम्रो तरिका पनि हो । महिनावारीबारे केहि अन्धविश्वासहरू योनीबाट फोहर रगत आउँछ लोग्ने मानिसलार्ई छुनु हुँदैन पूजा गर्न वा मन्दिर जानु हुँदैन खाना पकाउनु हुँदैन गाई भैंसी बाँध्ने गोठमा सुत्नुपर्छ बाक्लो लुगा लगाउनु पर्छ फलपूmल छुनु हँुदैन य यौनसम्पर्क गर्नहुदैन, आदि । अन्धविश्वास हटाउन कस कसले के गर्न सक्छ ? समाजमा प्रतिष्ठित व्यक्तिहरू, धार्मिक संस्था, विद्यालय आदिबाट राम्रो पहल गर्नुपर्छ । अन्धविश्वासको आधारमा महिलाहरू माथि हुने भेदभावपूर्ण व्यवहारको अन्त गर्नुपर्छ ।

1 comments:

  1. Anonymous said...:

    म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Post a Comment